२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फ्रुटीको ब्रान्ड एम्बेसेडरमा अभिनेत्री उपासना सिंह ठकुरी र एप्पि फिजमा प्रियङ्का कार्की अनुबन्धित


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 9.6K
    SHARES

  • images
    फ्रुटीको ब्रान्ड एम्बेसेडरमा अभिनेत्री उपासना सिंह ठकुरी र एप्पि फिजमा प्रियङ्का कार्की अनुबन्धित

    काठमाडौं, ११ बैशाख २०८०,
    भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनि पार्ले एग्रोले चर्चित आँपको पेय पदार्थ - फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनः प्रस्तुत गरेको छ । नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले नेपालमा पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ । अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित छिन् । उपासना सिंह भन्छिन्, “सानैदेखि म्याङ्गो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुरामा हर्ष व्यक्त गर्छु । यस्तो बहुप्रतिष्ठित ब्रान्डको पहिलो ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ । हामीलाई खाजा, नास्ता गर्दा गर्मीको बेला फ्रुटी नै चाहिन्छ । नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामू आफ्नो छाप छोड्न भन्ने मलाई विश्वास छ ।“ फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको PET बोटलमा उपलब्ध छ ।

    Frooti-pack 11.png
    undefined


    त्यसै गरी पार्ले एग्रोले चर्चामा आइसकेको स्याउको कार्बोनेटेड पेय-एप्पि फिज पनि बजारमा प्रस्तुत गरेको छ । नेपाली बजारका लागि यो नौलो पेय पदार्थ हो - जसमा कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएको छ । एप्पि फिजका लागि अभिनेत्री प्रियङ्का कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छिन् । प्रियङ्का कार्की भन्छिन्, “एप्पि फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा म निकै उत्साहित छु, र मेरो यो उत्साहलाई सबै नेपालीहरू सामू फैलाउन पनि चाहन्छु । एप्पि फिज अरू ड्रिङ्कहरू भन्दा फरक छ, यसको स्वाद पृथक् छ, नौलो छ । ताजापनका लागि कुनै ड्रिङ्क खानुहुन्छ भने म एप्पि फिज नै खानुहोस् भन्छु ।“ एप्पि फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको PET बोटलमा उपलब्ध छ । 

    APPY_FIZZ 11.jpg
    undefined


    फ्रुटी र एप्पि फिजलाई नेपालको हरेक कुनासम्म पुर्याउने योजनाका साथ पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पि फिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको छ । पार्ले एग्रोकी सह-प्रबन्ध निर्देशक तथा सि.एम.ओ. नादिया चौहान भन्छिन्, “नेपाल अपार सम्भावना बोकेको बजार हो । फ्रुटीलाई फिर्ता ल्याएर, हामीले देशको पेय पदार्थ उद्योगमा सो सम्भावनालाई चरितार्थ गर्ने प्रतिबद्धता गरेका छौं ।

    APPY_FIZZ-pack.png
    undefined


    हाम्रो लक्ष्य फ्रुटी र एप्पि फिजलाई हरेकको रोजाइमा पार्नु हो र नेपाली उपभोक्तासँग गहिरो सम्बन्ध बनाउनु हो । फ्रुटीसँग पहिले नै देशमा बलियो ब्रान्ड सम्बन्ध छ, र हामी विकास र सफलताको लागि ठूलो अवसर देख्छौं । त्यस्तै सम्भावना एप्पि फिजले पनि बोकेकै छ । “ साउथ एसियन बेभरेज प्रा. लिमिटेडका प्रबन्ध निर्देशक आशिष अग्रवाल भन्नुहुन्छ, “हामी भारतको अग्रणी पेय पदार्थ निर्माता पार्ले एग्रोसँग साझेदारी गर्न पाउँदा र फ्रुटिलाई नेपाली उपभोक्ताको प्राथमिकतामा पार्न तथा एप्पि फिजसँगको नयाँ सम्बन्ध सिर्जना गर्न पाउँदा गर्व महसुस गर्छौं । हामीसँग FMCG मा धेरै अनुभव भएको बलियो सेल्स टोली छ र हामीसँग २५ वर्ष भन्दा बढीको FMCG वितरणको अनुभव छ जसले पक्कै पनि अबको केही वर्षमा हामीलाई श्रेणीमा अगुवा बनाउने छ।“

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend