२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सन्दिपको मुद्धा न्यायधिस ढकालको इजालसमा, आजै फैसाला आउन सक्ने


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 12.5K
    SHARES

  • सन्दिपको मुद्धा न्यायधिस ढकालको इजालसमा, आजै फैसाला आउन सक्ने


    काठमाडौं, वैशाख ११ गते । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ।काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसालका लागि न्यायधिस ढकालको इजालसमा पेशी तोकिएको हो ।

    पेशी चौथो नम्बरमा छ । नेपाली राष्ट्रिय क्रिकेटका पुर्व कप्तान लामिछानेको मुुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउँनेछ ।

    अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भए पछि आजै फैसाला हुन सक्ने बुझिएको छ ।

    गत बुधबार चिकित्सक र क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो। नाबालिग बलात्कारका मुद्धामा पुर्पक्षका लागि थुनामा समेत परेका लामिछाने उच्च अदालतको आदेशवाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend