२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसिया कपः आज भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 12.4K
    SHARES

  • images
    एसिया कपः आज भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै


    काठमाडौंं, २४ भदौ । एसिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् । खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजे शुरु हुनेछ । समूह चरण ए मा परेका यी दुवै टिमबीच बर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।

    सुपर फोर अन्तर्गतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ । यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ ।

    सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो । सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend