२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एशिया कपको सुपर फोरमा श्रीलंकाद्धारा बंगलादेश पराजित


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 9.5K
    SHARES

  • images
    एशिया कपको सुपर फोरमा श्रीलंकाद्धारा बंगलादेश पराजित

    आइतबार, भदौ २४, २०८०
    काठमाडौँ । एशिया कपको सुपर चार अन्तर्गत श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

    श्रीलंकाले दिएको २५८ रनको लक्ष्य पछाएको बंगलादेशले ४८।१ ओभरमा २३६ रन बनाउदै अल आउट भएपछि खेल २१ रनले हारेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।

    जारी एशिया कपको सुपर फोरमा बंगलादेशको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । अब बंगलादेशले भारतसँग सुपर फोरको अन्तिम खेल सेप्टेम्बर १५ मा खेल्ने छ । त्यस्तै श्रीलंकाले भने आफ्नो सुपर फोरको दोस्रो खेल पाकिस्तानविरुद्ध सेप्टेम्बर १४ मा खेल्ने छ ।

    एशिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend