२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आन्तरिक तथा बाह्य पर्यटकले कुश्मा बजार भरिभराउ


सञ्चार डबली
  • शुक्रबार, भदौ २२ २०८०
  • 12.7K
    SHARES

  • images
    आन्तरिक तथा बाह्य पर्यटकले कुश्मा बजार भरिभराउ

    २२ भाद्र २०८०, शुक्रबार  

    पर्वत- साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । पर्वत सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुबाट अवलोकन भ्रमणका लागि गन्तव्य स्थल बन्दै गएको छ ।कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको हो । दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ भित्रिने गरेका छन् । पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् । एक साताअघिदेखि नै होटल बुकिङ हुन थालेको सञ्चालकहरुको भनाइ छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् ।


    चैतेदसैंमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने भक्तजनका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको हो । मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकहरुले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठ जानकारीले बताए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक सङ्घसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घसंस्थाबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्र आउने क्रम बढ्दो रहेको उनी बताउँछन् । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङबाट म्याग्दीतर्फ जाने गरेको होटल व्यवसायी बताउँछन् ।


    पहिल्ला केही दिनयता सदरमुकामका सुविधासम्पन्न मानिने बन्दना, बेन्जु, माउन्टेन भ्यू, फ्रेन्डली, धौलागिरि, मुस्ताङ, ओरियन्टलगायत होटल भरिभराउ रहेको सञ्चालकहरुको भनाइ छ । यता बञ्जी जम्प र जीपलाइनमा समेत एक हप्ताअघि देखि नै टिकट बुक भइसकेको त्यहाँकासञ्चालकहरुले बताएका छन् । आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी साधन पार्किङको समस्या देखिएको छ । सवारी साधन बजारका भित्री सडक र पर्यटकीय पूर्वाधार नजिकै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुको गुनासो छ ।
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend