२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 चितवन–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 8.4K
    SHARES

  •  चितवन–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु


    काठमाडौं, वैशाख ११ गते ।  चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिने  सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएका छन् ।  

    यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend