२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अमेरिकी डलरको भाउ स्थिर रहँदा, युरो बढ्यो


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 8.1K
    SHARES

  • images
    अमेरिकी डलरको भाउ स्थिर रहँदा, युरो बढ्यो


    काठमाडौं, वैशाख ११ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ । यसअघि आइतबार ९ पैसाले घटेको अमेरिकी डलरको कारोबार आज स्थिर रहेको हो । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको कारोबार सोहि मूल्यमा भएको थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो ५१ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ एक पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १६ पैसा कायम गरिएको थियो।

    आज बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७८ पैसाले बढेको हो । आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ २४ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

    त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा कायम गरिएको छ । यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

    आज साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ। आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ । यसअघि आइतबार पनि यि दुवैको कारोबार सोहि मूल्यमा भएको थियो ।

    उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २७ पैसा तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend