२०८० भदौ १९ मंगलबार
काठमाडौँ । श्रीलंकाले अफगानिस्तानलाई २ रनले हराउदै एशिया कपको सुपर चारमा स्थान बनाएको छ। अफगानिस्तान भने एशिया कपबाट बाहिरिएको छ । श्रीलंकाले २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेताको रुपमा सुपर चारमा पुगेको छ । त्यस्तै समुह बी बाट उपविजेता बनेर बंगलादेश सुपर चारमा पुगेको छ ।
श्रीलंकाले दिएको २९२ रनको लक्ष्य पछाएको अफगानिस्तान ३७.४ ओभरमा अल आउट हुदै २८९ रन बनाएको थियो । सुपर चारमा छनौट हुन ३७.१ ओभरमा लक्ष्य पुरा गर्नु पर्ने अवस्थामा जितको नजिक रहेको अफगानिस्तानले अन्तिम ओभरमा २ विकेट गुमाएपछि खेल हारेको थियो ।
यो सँगै एशिया कपको सुपर चारको समीकरण पुरा भएको छ । समुह ए बाट पाकिस्तान र भारत तथा समुह बी बाट श्रीलंका र बंगलादेश सुपर चारमा पुगेका छन् । त्यस्तै समुह ए बाट नेपाल र समुह बि बाट अफगानिस्तानको समुह चरणमै एशिया कपको यात्रा समाप्त भएको छ ।



