२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बोलाइयो


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 9.8K
    SHARES

  • मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बोलाइयो


    काठमाडौं, वैशाख ११ गते । चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखी नै सुरु हुने पर्ने मतगणना हुन सकेको थिएन ।

    आज सर्वदलीय बैठक बोलाईएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ ।सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी ९प्रजिअ०ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो । सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend