काठमाडौं, वैशाख ११ गते । तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहेका हुन ।
आज बिहान ९ बजेसम्म ७३९३ मत गणना हुँदा वाग्लेले ७३९३ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन ।
तेस्रो प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् ।बारा र चितवनमा मतगणना सुरु हुन नसके पनि तनहुँ–१ मा भने हिजो राती देखी मतगणना सुरु गरिएको थियो ।

