२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गोसाइँकुण्डमा तीन लाख भेटी संकलन - अध्यक्ष सञ्जीव डीएम


सञ्चार डबली
  • सोमबार, भदौ १८ २०८०
  • 14.2K
    SHARES

  • images
    गोसाइँकुण्डमा तीन लाख भेटी संकलन - अध्यक्ष सञ्जीव डीएम

    सोमबार, भदौ १८, २०८०

    रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीन लाख २८ हजार ५१ रुपैयाँ भेटी संकलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम संकलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए । भेटी रकम गणना सम्पन्न भएको र बैंक खातामा जम्मा गर्न पठाएको उनले बताए ।

    यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत संकलन भएको र त्यो नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पुर्‍याई गणना सम्पन्न भएको थियो ।

    यसैगरी, गोसाइँकुण्ड जाने यात्रीबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत आठ लाख २४ हजार ७०० रुपैयाँ संकलन गरेको छ । सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार पूर्वतर्फको कुटुमसाङबाट एक हजार र धुञ्चेतर्फबाट सात हजार २४७ भक्तजन गोसाइँकुण्ड गएको ‘चेक पोइन्ट’को अभिलेखले देखाएको हो ।

    प्रतिव्यक्ति १०० रुपैयाँ लिने कानुनी प्रावधानअनुरूप भक्तजनबाट संकलन उक्त शुल्क रकम राजस्व खातामा दाखिला भइसकेको छ ।

    गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजन भने यस वर्ष करिब ४० प्रतिशतले घटेको अनुमान गरिएको छ । युवा भक्तजन बाह्रै महिना ओहरदोहर गरिरहने कारण यस वर्षको मुख्य पर्वमा गोसाइँकुण्ड जाने यात्री घटेको बताइएको छ ।

    तीर्थ पुगेका भक्तजनलाई नेपाली सेना, जिल्ला अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र हिमालय उद्धार संघलगायत निकायले उपचार सेवा प्रदान गरेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। अमितकुमार साहले जानकारी दिए ।

    लेक लाग्ने समस्या रोकथाम गर्ने औषधि उच्च भागमा जानुपूर्व नै सेवन गराइएका कारण विगतको तुलनामा यस वर्ष यात्री बिरामी संख्यामा कमी आएको उनले बताए । रासस

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend