२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालले आज भारतसँग ऐतिहासिक खेल खेल्दै, रोहित भर्सेस रोहितको भिडन्त


सञ्चार डबली
  • सोमबार, भदौ १८ २०८०
  • 15.2K
    SHARES

  • images
    नेपालले आज भारतसँग ऐतिहासिक खेल खेल्दै, रोहित भर्सेस रोहितको भिडन्त

    १८ भदौ, काठमाडौं । नेपालले एसिया कपमा आज विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालले आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा भारतविरुद्ध खेल्दैछ । त्यो अवसर श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा जुरेको छ । नेपाली समय अनुसार दिउँसो २ः ४५ मा रोहित पौडेल टसका लागि जानेछन् । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।

    टेष्ट र टी-२० फर्म्याटको नम्बर वान टिम भारतसँगको खेल नेपालको लागि बहुप्रतिक्षित बनेको छ । छिमेकी भएर पनि नेपालले भारतसँग खेल्न लामो प्रतिक्षा नै गर्नुपर्‍यो । पहिलो पटक एसिया कप खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । सधैँ टिभीमा हेर्दै आएको रोहित शर्मा, विराट कोहली जस्ता लेजेण्डसँग अब नेपालले मैदानमै खेल्दैछ ।

    एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको थियो । बुधबार मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यान्डीमा आज पनि खेल बर्षाले प्रभाव पार्ने अनुमान गरिएको छ । 

    एशिया कपका लागि टिम 

    भारतको टिम : रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज  र प्रसिद कृष्णा ।

    नेपालको टिमस्  रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिस जिसी, श्याम ढकाल , सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद ।

    Nepali-cricket-team-2.jpg
    undefined

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend