२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टीट्वान्टी महिला विश्वकप छनोट : नेपालले बहराइनलाई १० विकेटले हरायो 


सञ्चार डबली
  • शुक्रबार, भदौ १५ २०८०
  • 16.3K
    SHARES

  • images
    टीट्वान्टी महिला विश्वकप छनोट : नेपालले बहराइनलाई १० विकेटले हरायो 

    शुक्रबार, १५ भदौ २०८०, 
    काठमाडौँ । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले बहराइनलाई १० विकेटले पराजित गर्‍यो ।

    यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो ।  शुक्रबारको खेलमा टस जित पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २.५ ओभरमै कुनै पनि विकेट नगुमाई जित हासिल गर्‍यो ।

    नेपालका लागि ओपनर कविता कुँवरले अविजित १७ र सीता रानामगरले अविजित दुई रनको योगदान गरेका थिए । कविता कुँवरले १४ बलको सामना गरी तीन चौका पनि हिर्काइन् ।  त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बहराइका ब्याटरहरुलाई नेपाली बलरले प्रारम्भदेखि नै दबाबमा राखेका थिए ।

    अब नेपालले आइतबार भुटानको सामना गर्नेछ । त्यसपछि नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । 

    दुवै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend