२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बारा २ को मतदानमा प्रहरी प्रशासनबाट नै धाँधली भयो –पुरुषोत्तम पौडेल


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 8.5K
    SHARES

  • बारा २ को मतदानमा प्रहरी प्रशासनबाट नै धाँधली भयो –पुरुषोत्तम पौडेल


    काठमाडौं, बैशाख १० गते । बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ–ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका बुथहरुमा प्रहरीका सई र असइ नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।

    उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, इनरवा , सनफुलवा, सिञ्चाई लगायत बुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’

    उम्मेदवार पुरुषोत्तम पौडेलले भने बारा २ मा भईरहेको उपनिर्वाचले गठबन्धन सरकारको माखौल उडाएको छ । स्वच्छ निर्वाचन गराउने माग गदै उनले भने, ‘म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’

  • सम्बन्धित विषय:

  • # पुरुषोत्तम पौडेल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend