२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाबर र इफ्तिखारको सानदार शतकमा नेपाललाई दियो ३४३ रनको बिशाल लक्ष्य


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 11.5K
    SHARES

  • images
    बाबर र इफ्तिखारको सानदार शतकमा नेपाललाई दियो ३४३ रनको बिशाल लक्ष्य

    बुधबार, भदौ १३, २०८०
    काठमाडौं । कप्तान बाबर आजम र इफ्खिर अहमेदकोको शतकप्रेरित पाकिस्तानले एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध ३४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा टस जितेर ब्याटिङमा आएको घरेलु टिमले कप्तान बाबर र अहमेदको शतकमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गर्‍यो । नेपालविरुद्ध उत्कृष्ट लयमा देखिएका बाबरले १५१ रन बनाए । बाबरले १३१ बलमा १४ चौका र चार छक्का प्रहार गरे । बाबर र इफ्तिखरले चौथो विकेटका लागि २१४ रनको ठूलो साझेदारी गरेपछि पाकिस्तान विशाल योगफलतर्फ अघि बढेको थियो । छैटौँ नम्बरमा ब्याटिङका लागि आएका इफ्तिखरले ७१ बलमा ११ चौका र चार छक्कासहित १०९ रन बनाए ।

    त्यसअघि २५–२ को कठिन अवस्थामा रहँदा पाकिस्तानबाट ब्याटिङका लागि आएका बाबरले मोहम्मद रिजवानसँग तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हालेका थिए । तेस्रो विकेटका लागि बाबरलाई साथ दिएका रिजवान ५० बलमा ६ चौकासहित ४४ रन बनाएर आउट भए । यसबाहेक, पाकिस्तानका ओपनर फखर जमानले १४ रन जोड्दा इमाम उल–हक र आघा सल्मानले समान पाँच रन थपे । सदाब खानले चार रन जोडे ।

    बलिङमा नेपालले इनिङको सुरुआतमा बलियो पकड जमाए पनि पहिलो पावर प्लेपछि सोही लय निरन्तरता दिन सकेन ।नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए । यसबाहेक नेपालले अन्य दुई विकेट रन आउटबाट लिएको थियो । नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले ‘डाइरेक्ट थ्रो’ मार्फत नेपाललाई सफलता दिलाएका थिए ।

    पहिलो पटक एसिया कप खेलिरहेको नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा छ । नेपालले अब भदौ १८ गते हुने भारतविरुद्धको खेलका लागि श्रीलंकाको यात्रा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend