२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सन्दीप लामिछाने पाकिस्तान प्रस्थान


सञ्चार डबली
  • सोमबार, भदौ ११ २०८०
  • 17.3K
    SHARES

  • images
    सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

     

    काठमाडौं, ११ भदौ । एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत सन्दीप पाकिस्तान प्रस्थान गरेका हुन् ।

    एसिया कप–२०२३ का लागि पाकिस्थान प्रस्थान गरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।

    पाकिस्तानतर्फ प्रस्थान गरेपछि सामाजिक सञ्जाल फेसबुकमा सन्दीपले लेखेका छन्, ‘पाकिस्तानतर्फ लागेँ । यसअघि पाकिस्तानमा हुँदाका अद्भुत सम्झना छन् । एसिया कपका लागि उत्साहित र उत्सुक छु । नेपाल खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सरलाई विशेष धन्यवाद । शुभकामना दिनुहुने सम्पूर्णमा धेरै माया ।’


    गत मंगलबार नै नेपाली टिमका अन्य खेलाडी एसिया कपका लागि पाकिस्तान गइसकेका छन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग १३ भदौ र भारतसँग १८ भदौमा खेल्ने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend