२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपनिर्वाचका लागि मतदान जारीः तीन क्षेत्रमध्ये सबैभन्दा धेरै मत चितवन–२ मा खस्यो


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 8.8K
    SHARES

  • उपनिर्वाचका लागि मतदान जारीः तीन क्षेत्रमध्ये सबैभन्दा धेरै मत चितवन–२ मा खस्यो


    काठमाडौं, बैशाख १० गते । उपनिर्वाचका लागि आज तीनै क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। तीन निर्वाचन क्षेत्रमध्ये आज बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको सहायक मतदान अधिकृत ईश्वरी आचार्यले जानकारी दिएका छन् । चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ ।

    सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । जहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

    यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । यसैगरी तनहुँ १ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत र बारा २ मा १५ प्रतिशत मत खसेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend