२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सन्दीप एसिया कप खेल्न भोलि बिहान ११:२० मा पाकिस्तान उड्ने


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 14.8K
    SHARES

  • images
    सन्दीप एसिया कप खेल्न भोलि बिहान ११:२० मा पाकिस्तान उड्ने

    आइतबार, भदौ १०, २०८०

    काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि (सोमबार) बिहान ११ः२० को कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान जाने निश्चित भएको छ । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका सन्दीप सोमबार बिहान पाकिस्तान जाने भएका छन् ।

    आइतबार जिल्ला अदालत काठमाडौंमा पेसी हेर्दाहेर्दै नभ्याईनेमा रहेपछि सन्दीप सोमबार जाने भएका हुन् । सन्दीपका वकिल सरोज घिमिरेका अनुसार सन्दीप सोमबार बिहान पाकिस्तान जानेछन् ।

    नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती पाकिस्तान गएको थियो । तर सन्दीप टोलीसँग गएनन् । एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ ।

    नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend