२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

'चुम्बन विवाद'मा फिफाद्धारा स्पेनका फुटबल प्रमुख निलम्बन


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 8.0K
    SHARES

  • images
    'चुम्बन विवाद'मा फिफाद्धारा स्पेनका फुटबल प्रमुख निलम्बन

     

    काठमाडौं, १० भदौ। फिफाले आफनो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई निलम्बन गरेको छ ।महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो ।सिएनएनका अनुसार अब उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिएको छ ।

    हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचना पछि उनलाई निलम्बन गरिएको हो । स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि गत आइतबार रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।

    हर्मोसोले चुम्बन अवांछित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन । तर, रुबियालेसले चुम्बन सहमतिमा भएको दावी गर्दै आएका छिन ।

    विश्व फुटबलको सञ्चालक निकाय फिफाले रुबियालेसलाई सुरुमा ९० दिनको लागि निलम्बन गरिएको छ । रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ । बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend