२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विनिमयदरः अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 8.9K
    SHARES

  • images
    विनिमयदरः अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो


    काठमाडौं, बैशाख १० गते । नेपाल राष्ट्र बैंकले आजका लागि  विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । अमेरिकी डलरको भाउ आइतबार घटेको छ । शुक्रबार १३ पैसाले घटेको अमेरिकी डलर आज ९ पैसाले घटेको हो । आज  एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ७४ पैसा कायमम गरिएको थियो । 

    नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो ४९ पैसाले घटेको छ । आइतबार युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा कायम गरिएको छ। शुक्रबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको थियो।  

    आज  बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९२ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६३ रुपैयाँ १५ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो । 

    त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा कायम गरिएको छ । 

    आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ । 

    उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २४ पैसा तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend