२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 10.7K
    SHARES

  • images
    रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

    एजेन्सी –पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ ।

    अल नासरले अल फाटे एफसीमाथि ५–० को फराकिलो जित निकालेको हो । दुई गोल यस समरमा अल नासर आएका सेनेगली फरवार्ड साडियो मानेको नाममा रह्यो ।

    साउदी प्रो लिगमा सुरुवाती दुई खेल गुमाएको अल नासरको यो पहिलो जित हो । यस अघि अल नासरले अल इतिफक र अल ताओनसँग हार बेहोरेको थियो ।

    प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियम अल हासामा शुक्रबार राति गोलको वर्षा भएको खेलको २७औं मिनेटमा मानेको गोलबाट अल नासरले १–० को अग्रता लिन सफल भयो । उनले रोनाल्डोको पासलाई सदुपयोग गरे ।

    ३८औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्दै अल नासरलाई पहिलो हाफमा २–० को हग्रता दिलाए । ५५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अघि बढाए । यसपटक रोनाल्डोले अब्दुलरहमान घारिवको पासलाई सदुपयोग गरे ।

    ८१औं मिनेटमा मानेले घारिवकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अल नासरलाई ४–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा रोनाल्डोले नवाफ अल बोउसेलको पासमा ह्याट्रिक पूरा गर्दै अल नासरलाई ५–० को सानदार जित दिलाए ।

    नयाँ सिजनको दोस्रो खेलमै रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । यसजितसँगै अल नासर ३ खेलबाट ३ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित अल फाटे ४ अंक जोडेर आठौं स्थानमा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend