२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपनिर्वाचनः आज तनहुस्थित पृथ्वी राजमार्गसहित स्थानिय सडक बन्द रहने


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 7.8K
    SHARES

  • उपनिर्वाचनः आज तनहुस्थित पृथ्वी राजमार्गसहित स्थानिय सडक बन्द रहने


    काठमाडौं, बैशाख १० गते । आज हुने हुने उपनिर्वाचन प्रयोजनका लागि तनहुस्थित पृथ्वी राजमार्गलगायत स्थानिय सडक–खण्ड बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने भएको हो ।

     प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको सुचना अनुसार पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भागसम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहनेछन् । 

    ‘दमकल, एम्बुलेन्स, खानेपानीका ट्यांकर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ,’ जारी सुचनामा उल्लेख गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend