२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बारा २ उपनिर्वाचनः जसपा, एमाले र रास्वपाका उम्मेदवारले आफैलाई मत हाल्न पाउँदैनन्


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 8.9K
    SHARES

  • बारा २ उपनिर्वाचनः जसपा, एमाले र रास्वपाका उम्मेदवारले आफैलाई मत हाल्न पाउँदैनन्


    काठमाडौं, बैशाख १० गते ।  बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् ।

    यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।

    यादव सप्तरी–२ का मतदाता हुन् । त्यसैगरी पुरुषोत्तम पौडेल बारा–१ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend