२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

भिजाएर राखेको ज्वानो पानी खानुका फाईदाहरु


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 12.5K
    SHARES

  • भिजाएर राखेको ज्वानो पानी खानुका फाईदाहरु

     

    काठमाडौ, ५ भदौ । ज्वानो एक प्रकारको मसला वा वनस्पति हो । यसको स्वाद प्रायलाई मन नपरे पनि स्वास्यका लागि भने यो निकै लाभदायक छ । जसलाई खानामा मसलाका साथै खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। ज्वानोमा थुप्रै औषधीय गुणहरु पाइन्छ, जसले मानिसमा हुने स–साना शारीरिक समस्याहरुबाट जोगाउँदछ। यसको प्रयोग रोगअनुसार फरक पर्दछ। जस्तै यसको सुप बनाएर पिउने, धुलो बनाएर खाने वा खानामा मसला बनाएर प्रयोग गर्न सकिन्छ। जानिराखौं ज्वानोको १२ फाइदा

    चम्चा ज्वानोलाई राति १ गिलास पानीमा भिजाएर छोड्ने र विहान उठ्न साथ त्यस पानीलाई छानेर उचित मात्रामा मह मिसाएर खायो भने यसले शरीरको मेटाबोलिजमलाई सुधार गर्दै शरीरको फ्याट समेत घटाउँदछ। यसैगरि यस पानीले अनावश्यक लागेको पेट विस्तारै गट्ने गर्छ।

    यदि कुनैपनि किसिमको पाचन गडबडी छ भने ज्वानोलाई फुक्कै चपाएर खाँदा वा पानीसँग मिलाएर पिउँदा कब्जियत लगायत एसिडीटी समेतलाई ठिक गर्छ।

    प्रायः महिलाहरुमा देखिने समस्या हो, महिनावारीको अनियमिततामा । त्यसैले दैनिकरुपमा भिजाएर राखेको ज्वानो पानी पिउँदा यसले महिनावारिलाई समयमै गराई महिनावारीका क्रममा हुने पेट दुख्ने समस्या, ऐं’ठन हुने समस्या र पिठ्यूँ दुख्ने समस्याबाट राहत दिन्छ।

    दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले हड्डी दुख्ने तथा जोर्नी दुख्ने समस्याबाट राहत दिन्छ भने ज्वानोलाई बिरे नुन वा कालो नुनसँग खाँदा यसले पेटको किटाणुसमेत मर्ने गर्दछ।

    ।पिसाबको संक्रमण स्दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले पिसाबको संक्रमणलाईसमेत ठिक गर्छ भने यसले शरीरमा रगतको प्रवाह राम्रोसँग हुनेगर्दछ।

    महिलाहरु ग’र्भवती भएका बेला पनि ज्वानोले रामवाणको काम गर्दछ। कोही सुत्केरी महिलाको स्तनबाट दुधको उत्पादन राम्रोसँग भएको छैन भने दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले ग’र्भवती महिलाहरुको दुध उत्पादनलाई बढाउने गर्दछ।

    गर्भवती भएका महिलाहरुमा धेरै समस्याहरु देखिन्छन्, जस्तै सुगरको समस्या, उच्च रक्तचाप र अनियन्त्रित कोलेस्ट्रोल। त्यसैगरी, यस्तो अवस्थामा दैनिक रुपमा भिजाएर राखेको ज्वानोपानीले यस्ता सबै समस्या निर्मुल हुनुका साथै यसले डेलीभरीमा हुने दुखाइलाई समेत कम गर्दछ।

    नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले शरीरको सुगर लेबललाई नियन्त्रणमा राखी सुगर रोग हुने खतराबाट बचाउँदछ।

    नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले कलेजो वा लिभरको समस्यालाई पनि निर्मुल गर्दछ। त्यसैगरी, ३ ग्राम ज्वानोलाई आधा ग्राम नुनको साथ खानासँग खाँदासमेत कलेजोलाई फाइदाजनक हुने गर्दछ।

    ज्वानोको सेवनले चिसोजन्य समस्यालाई पनि निर्मुल पार्छ । ज्वानोको रसलाई बिरे नुनसंग मिलाई पिउँदा लाभदायक हुन्छ। त्यसपछि तातोपानी पिउँदा घाँटीका संक्रमणहरु पनि ठिक हुने गर्दछ।

    दैनिकरुपा भिजाएर राखेको ज्वानोपानीको रसले सामान्य रुघा खोकी तथा ज्वोरो निर्मुल हुनेगर्दछ। त्यसैगरी, ज्वानोलाई पिसेर बनाएको धुलोलाई कपडामा बेरेर सुङ्दा पिनास समेत ठिक हुने गर्दछ।

    यदि कसैलाई टाउको दुख्ने समस्या छ भने ज्वानोलाई पानीमा उमालेर मनतातो बनाएर पिउँदा यस्ता समस्या विस्तारै हराएर जान्छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend