२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दुई दशक देखी बसेको सरकारी निवास आजबाट छाड्दै राहुल गान्धी


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 9.2K
    SHARES

  • images
    दुई दशक देखी बसेको सरकारी निवास आजबाट छाड्दै राहुल गान्धी


    काठमाडौं, बैशाख ९ गते । मानहानि मुद्दामा दोषी ठहर भएपछि सांसदका लागि अयोग्य घोषित कांग्रेस नेता राहुल गान्धीले दुई दशक देखी बस्दै आएको सरकारी निवास आजबाट छाड्ने एका छन् । शुक्रबार आफ्नो सरकारी निवासबाट सबै सरसामान सारेका गान्धीले तुघलक लेन बंगलाको साँचो आज लोकसभा सचिवालयलाई हस्तान्तरण गर्नेछन् । साँचो हस्तान्तरण सँगै दुई दशक देखी बस्दै आएको घर आजबाट खाली हुँनेछ ।

    एक चुनावी सभामा पूर्व कांग्रेस अध्यक्ष गान्धीले ‘सबै चोरहरुको नाम मोदी किन हुन्छ ?’ भन्ने अभिब्यक्तिलाई लिएर दुई वर्षको जेल सजाय सुनाइएको थियो। सांसदको रूपमा अयोग्य ठहरिएपछि उनलाई अप्रिल २२ सम्ममा परिसर खाली गर्न भनिएको थियो। पूर्व कांग्रेस अध्यक्षले अप्रिल १४ मा आफ्नो कार्यालय र केही व्यक्तिगत सामान बंगलाबाट सारेका थिए।

    गान्धीले शुक्रबार साँझ बंगलाबाट आफ्ना बाँकी सामानहरू हटाएका थिए। यो बंगला उनलाई सांसदका रुपमा दिइएको थियो । उनीहरूको सामान बोकेको ट्रक भवनबाट निस्किएको देखियो। उनी झण्डै दुई दशकदेखि यही बंगलामा बस्दै आएका थिए ।आफ्नो कार्यालय परिवर्तन गरेपछि उनी आफ्नो आमा तथा कांग्रेस संसदीय दल अध्यक्ष सोनिया गान्धीसँग जनपथ निवासमा बस्न थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # राहुल गान्धी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend