२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिटी र ब्राइटनको लगातार दोस्रो जित, टोटनहमले म्यानचेष्टर युनाइटेडलाई हरायो


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 9.2K
    SHARES

  • images
    सिटी र ब्राइटनको लगातार दोस्रो जित, टोटनहमले म्यानचेष्टर युनाइटेडलाई हरायो

    ३ भदौ, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी र ब्राइटनले प्रिमियर लिग २०२३(२४ मा लगातार दोस्रो खेल जित्दै शतप्रतिशत नतिजालाई कायम राखेका छन् । शनिबार राति भएको खेल च्याम्पियन सिटीले न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्‍यो । सिटीका लागि पहिलो हाफमागि युलियन अल्भारेजले एक मात्र गोल गरे ।

    यस्तै ब्राइटनले वल्भसलाई ४(१ ले हराउँदै लगातार दोस्रो जित निकालेको छ । वल्भसको मैदानमा ब्राइटनलाई जिताउन सोली मार्चले दुई तथा काउररु मिटोना र पर्भिस इस्तुपिनानले एकरएक गोल गरे । लगातार दोस्रो जितपछि सिटी र ब्राइटन दुवैको समान ६ अंक छ । तर गोलअन्तरमा ब्राइटन अघि छ ।

    यस्तै टोटनहम र लिभरपुले पहिलो जित हात पारेका छन् । टोटनहमले म्यानचेष्टर युनाइटेडलाई २-० ले हरायो । टोटनहमका लागि पापे मटार सारले एक गोल गरे भने युनाइटेडका लिसान्द्रो मार्टिनेजले आत्मघाती गोल गरे । जितपछि टोटनहम चार अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । युनाइटेडको यो पहिलो हार हो । युनाइटेड तीन अंकसहित १०औं स्थानमा झरेको छ ।

    अर्को खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले बर्नमाउथमाथि ३(१ को पुनरागमन जित निकालेको छ । एलेक्सिस म्याक अलिस्टरले रातो कार्ड पाएको खेलमा लिभरपुल सुरुमै पछि परेको थियो । एन्टोनी सेमेन्योले तेस्रो मिनेटमै गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । तर लुइस डियाज र मोहमद सलालहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै अग्रता बनायो । त्यसपछि डिएगो जोटाले दोस्रो हाफमा गोल गरे ।

    जितपछि लिभरपुल चार अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend