२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा बढे पर्यटक, व्यवसायी उत्साहित


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 10.5K
    SHARES

  • images
    पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा बढे पर्यटक, व्यवसायी उत्साहित


    काठमाडौं, बैशाख ९ गते ।  पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

    दैनिक १५० देखि २०० पर्यटकले पदयात्रा गर्ने अन्नपूर्ण सरक्षण क्षेत्र एक्याप मनाङले जनाएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।

    अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताएका छन् । पदमार्गमा भदौ अन्तिमसाता देखि चहलपहल बढेको हो ।

    पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मलाई मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।बेशीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend