२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यू २० सेभेन्स रग्बी प्रतियोगितामा नेपाल भारतसँग पराजित


सञ्चार डबली
  • शनिबार, भदौ २ २०८०
  • 9.4K
    SHARES

  • images
    यू २० सेभेन्स रग्बी प्रतियोगितामा नेपाल भारतसँग पराजित


    काठमाडौं, २ भदौ ।एसिया रग्बी यू २० सेभेन्स पुरुष प्रतियोगितामा अन्र्तगत नेपाल भारतसँग फराकिलो स्कोर अन्तरले पराजित भएको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र भारत बीचको पहिलो खेलमा नेपाल २८–० स्कोरको अन्तरले पराजित भयो । निर्धारित १५ मिनेटको समयमा भारतले २८ पोइन्ट स्कोर ल्याउँदा नेपाली खेलाडीले खातै खोल्न सकेनन् ।

    एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आजबाट प्रतियोगिता सुरु भएको हो । एसियन यू २० रग्बी सेभेन्स प्रतियोगिताको पुरुषतर्फ नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ र उज्वेकिस्तानले सहभागी छन् । महिलातर्फ नेपालसहित, थाइल्याण्ड, हङकङ र मलेसियाले प्रतिष्पर्धा गर्नेछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल आइतबारसम्म सञ्चालन हुनेछ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता आयोजना गरेको यो दोस्रो पटक हो । गत वर्ष एसिया रग्बी यू १८ सेभेन्सको आयोजना पनि नेपालमै गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend