२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारतमा २५–२५ लाख इनाम राखिएका दुई नक्सवादी महिला कमाण्डरको हत्या


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 8.9K
    SHARES

  • images
    भारतमा २५–२५ लाख इनाम राखिएका दुई नक्सवादी महिला कमाण्डरको हत्या

     

    नयाँदिल्ली, ९ बैशाख । मध्य प्रदेशको बालाघाट जिल्लामा मुठभेडका क्रममा प्रहरीले दुई नक्सलवादी महिला कमाण्डरलाई मारेको छ । भारतीय प्रहरीले यी दुई नक्सलवादी महिलाका लागि १४–१४ लाख भारतीय रुपैयाँ ( झन्डै २५ लाख नेपाली) पुरस्कार घोषणा गरेको थियो । 

    सो घटनाको जानकारी पाएलगत्तै बालाघाट प्रहरीका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका थिए । उनीहरु मध्य एकजना एरिया कमाण्डर तथा अर्का गार्ड रहिसकेका दुई ठूला महिला नक्सलवादी कमाण्डर रहेको खुलेको थियो । बालाघाट प्रहरीले यसको पुष्टि गर्दै दुबैको साथबाट हतियार, कारतूस र अन्य सामग्री बरामद भएको छ ।

    भारतीय सञ्चार माध्यमका अनुसार नक्सलवादी महिला कमाण्डरहरूसँग गढी थाना क्षेत्रमा प्रहरीसँग भिडन्त भएको थियो।प्रहरी उपरीक्षक समीर सौरभका अनुसार शनिवार बिहान गढी थाना अन्तर्गत कडला जंगलमा हकफोर्स र नक्सलवादीबीच भिडन्त हुने क्रममा उनीहरु मारिएको हुन । मध्य प्रदेशको बालाघाट जिल्ला लामो समयदेखि नक्सलवादको समस्यासँग लडिरहेको छ । बालाघाट प्रहरीले गत वर्ष पनि ६ जना नक्सलवादीलाई मारेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend