२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

इजरायलमा सावित्राको डेब्यू गोल


सञ्चार डबली
  • शनिबार, भदौ २ २०८०
  • 9.1K
    SHARES

  • images
    इजरायलमा सावित्राको डेब्यू गोल

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सावित्रा भण्डारीले इजरायलमा डेब्यू गोल गरेकी छन् । इजरायलको अथेना लिगमा सावित्राले होपाइल रानानबाट गोल गरेकी हुन् । 

    उनले हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा एक गोल गरेकी हुन् । जसमा हापोएल रानाना २–० ले विजयी भयो।

    सावित्रा इजरायलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने सावित्राले भारतको आई लिग र इन्डियन वुमन्स लिगसमेत खेलिसकेकी छन् ।

    गएको सिजन गोलकुल केरलाले इन्डियन वुमन्स लिगको उपाधि जित्दा २९ गोलसहित सावित्रा प्रतियोगिताकै उच्च गोलकर्तासमेत बनेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend