२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

महिला विश्वकप फुटबल :  फाइनलमा इङ्ल्यान्ड र स्पेन भिड्ने


सञ्चार डबली
  • बिहीबार , साउन ३२ २०८०
  • 10.7K
    SHARES

  • images
    महिला विश्वकप फुटबल :  फाइनलमा इङ्ल्यान्ड र स्पेन भिड्ने


    काठमाडौ, ३२ साउन ।महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

    जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ । यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् ।

    बुधबार सिड्नीस्थित एलिएन्ज रंगशालामा इङ्ल्यान्डलाई जित दिलाउन इला टुन, लोरेन हेम्प र एलिसा रुसोले समान एक–एक गोल गरे । अस्ट्रेलियाका लागि साम केरले एक गोल फर्काए पनि टिमको हार टार्न सकिनन् । खेलको ३६औँ मिनेटमा टुनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । तर, ६३औँ मिनेटमा केरले अस्ट्रेलियालाई बराबरीमा ल्याइन् । ७१औँ मिनेटमा हेम्पले गोल गर्दा इङ्ल्यान्ड २–१ ले अघि बढ्यो भने खेल सकिन चार मिनेट बाँकी छँदा रुसोले गोल थप्दा इङ्ल्यान्डले ३–१ले फाइनलसम्मको यात्रा निश्चित गरेको हो ।

    क्वार्टरफाइनलमा इङ्ल्यान्डले कोलम्बियालाई २–१ र अस्ट्रेलियाले सडन डेथमा फ्रान्सलाई ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । जारी विश्वकपमा १९ अगस्टमा तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच प्रतिष्पर्धा हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend