२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 9.5K
    SHARES

  • images
    आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै


    काठमाडौं, बैशाख ९ गते । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । 

    चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वको तिथी तय भएको हो । सोही अनुसार आज मनाउन लागिएको हो ।  जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना सुरु भएको थियो । 

     एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्मालम्बीहरु दिनमा भने निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।रमजानमा अल्लाहको आशिर्वाद प्राप्त हुने विश्वासका साथ दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्ने कार्य यो महिनामा गरिन्छ ।
     
    रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । 

  • सम्बन्धित विषय:

  • # ‘इदुलफित्र’
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend