२०८३, मंसिर ४ गते

images
Logo

Nov 20 2026 | २०८३, मंसिर ४ गते

images
  • शुक्रबार, मंसिर ४ २०८३

लक्ष्मी लघुवित्तले तीन वर्षपछि लाभांश वितरण गर्ने


सञ्चार डबली
  • शुक्रबार, मंसिर ४ २०८३
  • 946
    SHARES

  • लक्ष्मी लघुवित्तले तीन वर्षपछि लाभांश वितरण गर्ने

    काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

    लघुवित्तको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    मंसिर ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकबाट प्रस्ततावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

    लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन । पछिल्लो पटक लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा लघुवित्तले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend