२०८३, मंसिर ४ गते

images
Logo

Nov 20 2026 | २०८३, मंसिर ४ गते

images
  • शुक्रबार, मंसिर ४ २०८३

नेपाल बैंकले सुरु गर्‍यो ‘फोनलोन’ सेवा, मोबाइलबाटै २ लाखसम्म कर्जा पाइने


सञ्चार डबली
  • बिहीबार , मंसिर ३ २०८३
  • 1.7K
    SHARES

  • नेपाल बैंकले सुरु गर्‍यो ‘फोनलोन’ सेवा, मोबाइलबाटै २ लाखसम्म कर्जा पाइने

    नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ एपमार्फत २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने ‘NBL Foneloan’ सेवा सुरु गरेको छ ।

    बैंकले NBL BankSmart XP मोबाइल बैंकिङ एपमार्फत उक्त डिजिटल कर्जा सेवा सञ्चालनमा ल्याएको हो । Foneloan Pvt. Ltd. द्वारा सञ्चालित यस सेवामार्फत बैंकका योग्य ग्राहकले कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा नगई मोबाइल एपबाटै कर्जा प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार ग्राहकको कर्जा सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय हुनेछ । यसमा तलब जम्मा हुने कारोबारको नियमितता, हालसालैका कर्जा दायित्व तथा कर्जा चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ ।

    ग्राहकले कर्जा एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दी (ईएमआई) मार्फत चुक्ता गर्न सक्नेछन् । यस सेवामा पूर्वभुक्तानीको सुविधा पनि उपलब्ध हुनेछ ।

    बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकले बैंकको योग्यता मापदण्ड तथा दर्ता प्रक्रिया पूरा गरी NBL BankSmart XP एपमार्फत यस सेवाको उपयोग गर्न सक्नेछन् । योग्य ग्राहकले मोबाइल एपबाटै कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    बैंकको ९०औँ वार्षिकोत्सव समारोहका अवसरमा उक्त सेवाको शुभारम्भ गरिएको हो । नेपाल बैंकका प्रमुख प्रबन्धक तथा रिटेल क्रेडिट विभाग (आरसीडी) का अर्जुन बहादुर कँडेलले NBL Foneloan मार्फत ग्राहकलाई सुरक्षित, सहज र पूर्ण डिजिटल कर्जा सुविधा उपलब्ध गराउनु बैंकको उद्देश्य रहेको बताए ।

    प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु र ग्राहकलाई सरल तथा सुविधाजनक बैंकिङ सेवा प्रदान गर्नु बैंकको प्राथमिकता रहेको उनको भनाइ छ । बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा नवीन प्रविधि अवलम्बन गर्दै डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उनले बताए ।

    यस सेवाको सुरुवातले बैंकको डिजिटल बैंकिङ सेवालाई थप सुदृढ बनाउनुका साथै ग्राहक सुविधामा वृद्धि र डिजिटल माध्यमबाट औपचारिक कर्जामा पहुँच विस्तार हुने बैंकको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend