२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

रेमिटेन्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने कम्पनी बन्यो आइएमई


सञ्चार डबली
  • बुधबार, मंसिर २ २०८३
  • 1.6K
    SHARES

  • रेमिटेन्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने कम्पनी बन्यो आइएमई

    काठमाडौं । रेमिटेन्स तथा मनि ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

    राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।

    सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याउन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए । उनले आइएमईले आगामी दिनमा पनि रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड पहिचान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदार सञ्जाल रहेको आइएमईले रेमिटेन्स सेवासँगै आफूले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई समेत थप सुदृढ बनाउने जनाएको छ । अध्यक्ष ढकालले उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

    सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीले यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मान प्राप्त गरिसकेको छ ।

    रेमिटेन्स क्षेत्रमार्फत अर्थतन्त्रमा पुर्‍याएको योगदानका कारण आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend