२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

माछापुच्छ्रे बैंक र TapTap Send बीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता


सञ्चार डबली
  • मंगलबार, मंसिर १ २०८३
  • 1.9K
    SHARES

  • माछापुच्छ्रे बैंक र TapTap Send बीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता

    माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक TapTap Send बीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासँगै विदेशबाट नेपालमा रेमिट्यान्स कारोबार औपचारिक रूपमा सुरु भएको छ ।

    सम्झौताअनुसार विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले TapTap Send को मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको रेमिट्यान्स सेवा MBL Remit मार्फत नगद भुक्तानी लिन सकिनेछ । साथै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत रकम जम्मा गर्न सकिनेछ ।

    त्यसैगरी, नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले सहज रूपमा नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

    रेमिट्यान्सले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यसबाट प्राप्त आम्दानीले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न सहयोग पुर्‍याएको छ । साथै, बचत तथा लगानीको क्षमता अभिवृद्धि गर्दै आर्थिक सुरक्षा र आत्मनिर्भरता प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

    माछापुच्छ्रे बैंकले सुरक्षित, विश्वसनीय र सहज रेमिट्यान्स सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । बैंकले प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

    यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम तथा हिमालदेखि पहाड र तराईसम्म आफ्ना १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी कुल २५५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले १९४ वटा एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधिसहितका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend