२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

सात वर्षमा सिटिजन्स म्युचुअल फण्ड-२ ले दियो औसत १०.४० प्रतिशत प्रतिफल


सञ्चार डबली
  • मंगलबार, मंसिर १ २०८३
  • 1.1K
    SHARES

  • सात वर्षमा सिटिजन्स म्युचुअल फण्ड-२ ले दियो औसत १०.४० प्रतिशत प्रतिफल

    काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड-२ सात वर्षे अवधि पूरा गरी परिपक्व भएको छ । योजना परिपक्व भएसँगै योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण सुरु गरेको छ ।

    ५६ करोड रुपैयाँ प्रारम्भिक कोष आकार रहेको यो योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । सात वर्षे अवधि पूरा गर्दै २०८३ असार २१ गते योजना परिपक्व भएको हो ।

    सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले सात वर्षको अवधिमा इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद प्रतिफल दिन सफल भएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार सेयर बजारमा विभिन्न समयमा आएका उतारचढाव र लगानीका चुनौतीका बाबजुद योजनाले प्रत्येक वर्ष इकाईधनीलाई नगद लाभांश वितरण गरेको थियो ।

    यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ ले पनि इकाईधनीलाई औसत वार्षिक १२ प्रतिशत प्रतिफल दिएको थियो ।

    यसैबीच, सिटिजन्स क्यापिटलले नयाँ सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ को इकाई मंसिर २ गतेदेखि निष्कासन गर्ने भएको छ ।

    १० वर्षे अवधिको यस योजनाको प्रारम्भिक कोष आकार १ अर्ब रुपैयाँ रहेको छ । मागअनुसार योजनाको आकार बढाएर अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्‍याउन सकिने कम्पनीले जनाएको छ ।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

    सिटिजन्स क्यापिटलले हाल सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनालगायत विभिन्न सामूहिक लगानी कोष योजनाको व्यवस्थापन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend