२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

गाडि किन्ने सोचमा हुनुहुन्छ ? गरिमा विकास बैंकले दिँदैछ आधार दर ५.१८ प्रतिशतमै कर्जा, प्रिमियम नलाग्ने


सञ्चार डबली
  • सोमबार, कात्तिक ३० २०८३
  • 1.8K
    SHARES

  • गाडि किन्ने सोचमा हुनुहुन्छ ? गरिमा विकास बैंकले दिँदैछ आधार दर ५.१८ प्रतिशतमै कर्जा, प्रिमियम नलाग्ने

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले ग्राहकहरूलाई आफ्नै सवारी साधन चढ्ने सपना पूरा गराउने उद्देश्यले 'शून्य प्रतिशत प्रिमियम'सहितको विशेष अटो कर्जा योजना सार्वजनिक गरेको छ। 

    बैंकले कात्तिक महिनाका लागि कायम गरेको अद्यावधिक आधार दर (बेस रेट) ५.१८ प्रतिशतमा कुनै पनि अतिरिक्त प्रिमियम शुल्क नजोडी सोही दरमा नै कर्जा उपलब्ध गराउने घोषणा गरेको हो।

    'सपना आफ्नै सवारीको, साथ गरिमाको !' भन्ने नाराका साथ ल्याइएको यस योजनाअन्तर्गत इन्धनबाट चल्ने तथा विद्युतीय सवारी साधन (इभि) खरिद गर्न चाहने व्यक्तिगत र व्यावसायिक दुवै वर्गका ग्राहकहरूले लाभ लिन सक्नेछन्।

    कर्जा सीमा, अवधि र फाइनान्सिङ व्यवस्था

    बैंकले स्थिर र पहिचान गर्न सकिने आयस्रोत भएका व्यक्तिहरूलाई लक्षित गर्दै रु. १० लाख रुपैयाँदेखि एकल ग्राहक कर्जा सीमासम्मको अटो कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।

    कर्जा अवधि भने कर्जा प्रवाह भएको मितिले अधिकतम १० वर्षसम्म रहनेछ। सेकेन्ड ह्यान्ड (पुरानो) सवारी साधनको हकमा सवारी निर्माण भएको वर्षलाई १ वर्ष मानी सोहीअनुसार बाँकी कर्जा अवधि कायम गरिने बैंकले जनाएकाे छ।

    इभि सवारी खरिदमा कुल खरिद मूल्यको ८० प्रतिशतसम्म र इन्धनयुक्त सवारी साधनमा ५० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाइनेछ। 

    बैंकका अनुसार पुरानो गाडिको हकमा मूल्याङ्कन मूल्यको ५० प्रतिशतभन्दा बढी कर्जा दिइने छैन। यसका लागि गरिमा विकास बैंकका आधिकारिक मूल्याङ्कनकर्ताबाट सवारीको मूल्य प्रमाणित गराएको हुनुपर्नेछ।

    कर्जाको भुक्तानी समान मासिक किस्ता (इएमआइ) प्रणालीमार्फत गर्नुपर्नेछ। ग्राहकको आम्दानी र सुविधाअनुसार किस्ता भुक्तानीको समयसीमा चयन गर्न सकिने लचिलो व्यवस्था गरिएको बैंकले जनाएको छ।

    बैंकको अघिल्लो भदौ महिनाको ब्याजदरको तुलनामा कात्तिकमा आधार दर घट्नुका साथै प्रिमियम समेत शून्य गरिएकाले सवारी खरिदकर्ताको इएमआइमा प्रत्यक्ष बचत हुने देखिएको छ। 

    Note.JPG

    बैंकका अनुसार अटाे लाेनका लागि रोजगारीमा संलग्न तथा स्वरोजगार पेशाकर्मीहरूसहित भरपर्दो र स्थिर आयस्रोत भएका अन्य व्यक्तिहरू यस कर्जाका लागि योग्य हुनेछन्।

    न्यूनतम् कागजी प्रक्रियामै छिटो-छरितो कर्जा स्वीकृतिको व्यवस्था मिलाएको बैंकले आवेदनका लागि पूरा भरिएको केवाइसी फारम र बैंकको कर्जा आवेदन फारम, आवेदक र जमानीकर्ताको नागरिकता वा राहदानीको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो, आवेदकको बसोबास स्थानको नक्सा स्केच र आयस्रोत खुल्ने प्रमाणपत्र र जमानी बस्ने व्यक्तिको विवरण आवश्यक पर्ने जनाएकाे छ । 

    नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले देशैभरिका शाखा कार्यालयहरूमार्फत यो कर्जा सुविधा उपलब्ध गराएको छ। यस कर्जाकाे विषयमा बैंकको बालुवाटारस्थित प्रधान कार्यालय, नजिकैको शाखा कार्यालय वा कल सेन्टरमा सम्पर्क गरी कर्जा सम्बन्धी थप जानकारी लिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend