काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले मंसिर ९ गतेदेखि बिक्री खुला गर्ने भएको हो ।
कम्पनीका अनुसार नबिल ग्रोथ फण्ड १० करोड इकाई निष्काशन गरिने भएको छ । जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकका लागि, १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड र बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। जसको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टट लिमिटेड रहेको छ। नबिल ग्रोथ फण्डमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरूको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिनेछ। यसको अवधि १० वर्षको रहेको छ ।


