गोरखा, ८ बैशाख । बाईक दुर्घटनामा गोरखा भिमसेनथापा गाउँपालिका वडा नं ७ बोर्लाङ्ग घर भएका प्रदिप पाण्डेको बाईक दुर्घटनामा मृत्यु भएको हो । गए राति काठमाडौको तार्केश्वर नगरपालिका स्थित जरङ्खु पुल नजिकै उहाँको बाइक पोलमा ठोकिएर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
राती १० बजे साथीलाई पुराएर फर्कने क्रममा तिव्र गतिका कारण बाईक अनियन्त्रित भई पोलमा ठोकिन जाँदा पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



