काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार कात्तिक १६ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १५१ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ २३ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरोको खरिद दर १६९ रुपैयाँ २२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०३ रुपैयाँ ७ पैसा र बिक्री दर २०३ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।
त्यस्तै स्विस फ्र्याङ्कको खरिद दर १८३ रुपैयाँ ७८ पैसा र बिक्री दर १८४ रुपैयाँ ५१ पैसा रहेको छ । अस्ट्रेलियन डलरको खरिद दर १०६ रुपैयाँ ६४ पैसा र बिक्री दर १०७ रुपैयाँ ६ पैसा तथा क्यानेडियन डलरको खरिद दर १०८ रुपैयाँ ५१ पैसा र बिक्री दर १०८ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
सिङ्गापुर डलरको खरिद दर ११८ रुपैयाँ ६४ पैसा र बिक्री दर ११९ रुपैयाँ ११ पैसा रहेको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६२ पैसा र बिक्री दर ९ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ७९ पैसा र बिक्री दर २२ रुपैयाँ ८५ पैसा रहेको छ ।
खाडी मुलुकका मुद्राअन्तर्गत साउदी अरेबियन रियालको खरिद दर ४० रुपैयाँ ४० पैसा र बिक्री दर ४० रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियालको खरिद दर ४१ रुपैयाँ ६२ पैसा र बिक्री दर ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ । संयुक्त अरब इमिरेट्स दिरामको खरिद दर ४१ रुपैयाँ २९ पैसा र बिक्री दर ४१ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै कुवेती दिनारको खरिद दर ४९१ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९३ रुपैयाँ ८५ पैसा रहेको छ । बहराइन दिनारको खरिद दर ४०१ रुपैयाँ ६७ पैसा र बिक्री दर ४०३ रुपैयाँ २६ पैसा तथा ओमानी रियालको खरिद दर ३९३ रुपैयाँ ८३ पैसा र बिक्री दर ३९५ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।
अन्य मुद्रातर्फ थाई भाटको खरिद दर ४ रुपैयाँ ४९ पैसा र बिक्री दर ४ रुपैयाँ ५१ पैसा रहेको छ । मलेसियन रिङ्गिटको खरिद दर ३७ रुपैयाँ ३७ पैसा र बिक्री दर ३७ रुपैयाँ ५२ पैसा कायम भएको छ । दक्षिण कोरियाली वन १०० को खरिद दर ११ रुपैयाँ ३७ पैसा र बिक्री दर ११ रुपैयाँ ४१ पैसा रहेको छ।
स्विडिस क्रोनरको खरिद दर १५ रुपैयाँ ४३ पैसा र बिक्री दर १५ रुपैयाँ ४९ पैसा रहेको छ। डेनिस क्रोनरको खरिद दर २२ रुपैयाँ ६४ पैसा र बिक्री दर २२ रुपैयाँ ७३ पैसा तथा हङकङ डलरको खरिद दर १९ रुपैयाँ ३३ पैसा र बिक्री दर १९ रुपैयाँ ४१ पैसा कायम भएको छ।
यसैगरी, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६१ रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा यी विनिमय दर संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने यसभन्दा फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

