२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राफाएल भारानको गोलमा म्यानचेस्टर युनाइटेड विजयी


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 9.2K
    SHARES

  • images
    राफाएल भारानको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

    एजेन्सी – डिफेन्डर राफाएल भारानको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेलमा वल्भरह्याम्पटन वान्डरर्सलाई हराएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले १-० को जित निकालेको हो । वल्भ्सविरुद्ध फितलो प्रदर्शन गरेपनि भारानको गोल युनाइटेडको जितमा निर्णायक बन्यो । पाहुना टोलीले उत्कृष्ट प्रदर्शन गरेपनि फिनिसिङमा फितलो प्रदर्शन गर्दा कुनै अंक जोड्न ।

    भारानले खेलको ७६ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट पास निकालेपछि वान बिसाकाले दिएको पहिलो बललाई भारानले हेडरमार्फत गोल गरेका थिए । त्यसअघि मार्कस रासफर्ड र गार्नाचोले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

    वल्भ्सका लागि ब्राजिलियन फरवार्ड माथिअस कुन्हाले पटक पटक युनाइटेडको डिफेन्सलाई समस्या दिएपनि फिनिसिङ भने गर्न सकेनन् । डेब्यु गरिरहेका गोलरक्षक आन्द्रे ओनानाले केहि राम्रो बचाउ गर्दै आफ्नो टोलीलाई खेलमा कायम राखेका थिए ।युनाइटेडका लागि डेब्यु गरेका मेसन माउन्टका लागि भने खेल सम्झनलायक रहेन । उनी दोस्रो हाफको मध्यतिर परिवर्तन भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend