२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर


सञ्चार डबली
  • बुधबार, असोज २८ २०८३
  • 858
    SHARES

  • images
    हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर

    काठमाडौँ / हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी-टु-ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर बजारमा ल्याएको छ। यससँगै कम्पनीले यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरमा स्वादको नयाँ विकल्प थपेको हो।

    कम्पनीका अनुसार नयाँ लेमोनेड फ्लेभरमा कागती र लाइमको सिट्रस स्वाद, लेमोनेडको मिठास तथा कार्बोनेसनको संयोजन रहेको छ। उपभोक्ताले थप मिसावट वा तयारीबिना नै सेवन गर्न सक्ने गरी यो पेय पदार्थ तयार गरिएको छ।

    नयाँ प्यासन कूलर लेमोनेडमा ५ प्रतिशत अल्कोहल बाइ भोल्युम (एबीभी) रहेको छ । २७५ एमएल क्षमताको पारदर्शी बोतलमा उपलब्ध यस उत्पादनको मूल्य प्रतिपोतल २०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

    नेपालको पहिलो रेडी-टु-ड्रिंक अल्कोहलयुक्त पेय पदार्थका रूपमा परिचित प्यासन कूलरले नयाँ फ्लेभर सार्वजनिक गर्दै आफ्नो उत्पादन विविधता विस्तार गरेको हो। कम्पनीका अनुसार नयाँ लेमोनेड फ्लेभर नेपालभरका खुद्रा बिक्री केन्द्र, रेस्टुरेन्ट तथा अन्य तोकिएका बिक्री केन्द्रमा उपलब्ध हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend