२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतमाथि सानदार जितसँगै वेस्ट इन्डिजले जित्यो ट्वान्टी–२० सिरिज


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 9.4K
    SHARES

  • images
    भारतमाथि सानदार जितसँगै वेस्ट इन्डिजले जित्यो ट्वान्टी–२० सिरिज

     

    ब्रान्डन किंगको उत्कृष्ट नटआउट ८५ रनको मद्दतले वेस्ट इन्डिजले आइतबार पाँचौं तथा अन्तिम खेलमा भारतलाई आठ विकेटले पराजित गर्दै पाँच खेलको ट्वान्टी–२० सिरिज ३–२ ले जितेको छ । 

    जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । निकोलस पुरन ३५ बलमा १ चौका र ४ छक्कासहित ४७ र कायल मेयर्स १० रनमा आउट भए । शाई होप १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले सर्वााधिक ६१ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । युवा ब्याटर तिलक बर्मा २७ रनमा आउट भए । अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    भारतको सुरुवात राम्रो हुन सकेको थिएन । युवा ओपनर यशस्वी जैसवाललाई ५ रन, शुभमन गिल ९ रनमा आउट हुन पुगे । तेस्रो विकेटका लागि तिलक बर्मा र सूर्यले ३० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर रोश्टन चेशले बर्माको उत्कृष्ट क्याच लिँदै भारतलाई दबाबमा राखेका थिए । सञ्जु स्यामसन १३, हार्दिक पान्ड्या १४, अर्शदीप सिंह ८, अक्षर पटेल १३ र कुलदीप यादव शून्यमा आउट भए ।

    वेस्टइन्डिजको जितमा प्लेयर अफ द म्याच चुनिएका तीव्र गतिका बलर रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । स्पिनर अकिल हुसैनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए । जेसन होल्डरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । चेशले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।

    पहिलो खेलमा वेस्टइन्डिज चार रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । तेस्रो खेलमा भारत ७ विकेट र चौथो खेलमा ९ विकेटले विजयी भएको थियो ।

    विकेटकिपर निकोलस पुरन सिरिजको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पुरनले ५ खेलमा १ सय ७६ रन बनाएका थिए । २०१७ पछि वेस्टइन्डिजलाई भारतविरुद्ध सिरिज जिताउन उनले उच्च प्रदर्शन गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend