२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

माई खोला हाइड्रोपावरको आईपिओ आज देखि निष्काशन तथा बिक्री खुला


सञ्चार डबली
  • शुक्रबार, वैशाख ८ २०८०
  • 10.6K
    SHARES

  • images
    माई खोला हाइड्रोपावरको आईपिओ आज देखि निष्काशन तथा बिक्री खुला

    शुक्रबार, वैशाख ८, २०८०

    माई खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख ८ गते) देखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो। सो मध्ये ७६ हजार ४७९ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख २४ गतेसम्म लम्बिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष ६ महिना बाँकी रहेको छ। कम्पनीले २०७७ असार ३१ गतेदेखि व्यवसायीक उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend