२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक बालकको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, वैशाख ८ २०८०
  • 9.8K
    SHARES

  • images
    गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक बालकको मृत्यु

    शुक्रबार, वैशाख ८, २०८०
     
    गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । डढेलोमा परी गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–३, हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा पाल्पास्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
     
    गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै तम्घासस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो । यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो ।

    मुखियाको उपचारकै क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend