२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औँ शाखा संचालन


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 1.4K
    SHARES

  • images
    धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औँ शाखा संचालन

    काठमाडौं। एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा आज सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाअन्तर्गत धनगढी उपमहानगर ८ क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा विस्तार गरेको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ। 

    साथै, बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोही भवनबाट प्रदान गर्ने जनाएको छ। यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ।

    धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगर ८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरु तथा बैंकका अन्य कर्मचारीलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती थियो।

    क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend