२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढीका कारण बन्द कृषि विकास बैंकको त्रिशुली शाखा खुल्यो, बैंकिङ कारोबार शुरु


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 1.3K
    SHARES

  • images
    भोटेकोशी बाढीका कारण बन्द कृषि विकास बैंकको त्रिशुली शाखा खुल्यो, बैंकिङ कारोबार शुरु

    रसुवामा आएको विनाशकारी बाढीका कारण त्रिशुलीस्थित कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमा क्षति पुगेपछि बैंकले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै हाल नुवाकोटको बट्टारबाट अस्थायी रूपमा सम्पुर्ण बैंकिङ सेवा संचालन सुचारु गरेको छ  ।

    केही समय अघि रसुवा,नुवाकोट र धादिङ क्षेत्रमा आएको भीषण बाढी र लेदोसहितको बहावले त्रिशुली शाखाको भौतिक पूर्वाधार, उपकरण तथा सञ्चार प्रणालीमा ठूलो क्षति पु¥याएको थियो । 

    बाढीबाट भएको क्षतिको कारण साविकको स्थानबाट सेवा निरन्तरता दिन सम्भव नभएपछि बैंकले तत्कालै बट्टारस्थित अस्थायी कार्यालयबाट नियमित रुपमा सम्पुर्ण बैंकिङ कारोबार सुचारु गरेको हो । 

    हाल बट्टारबाट निक्षेप संकलन, नगद भुक्तानी, रेमिट्यान्स तथा अन्य अत्यावश्यक बैंकिङ सेवाहरू बिना अवरोध निरन्तर प्रदान भइरहेका छन् । 

    बैंक व्यवस्थापनका अनुसार शाखाका लागी उपयुक्त स्थान चयन एवं आवश्यक तयारीका कामहरू तीव्र गतिमा अघि बढाइएको छ र छिट्टै नै नयाँ उपयुक्त स्थानबाट स्थायी रूपमा सेवा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend