२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बसमा आगलागीपछि राहदानी सेवा प्रभावित


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 891
    SHARES

  • images
    बसमा आगलागीपछि राहदानी सेवा प्रभावित

    असोज ५ - राहदानी विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा समेत असर परेको छ।

    विभागले सोमबार सूचना जारी गर्दै बस आगलागीका कारण विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो। विद्युत् तथा इन्टरनेट सेवामा आएको अवरोधले राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको र त्यसका कारण राहदानी वितरणमा कठिनाइ भएको विभागले जनाएको छ।

    वर्तमान अवस्थालाई ध्यानमा राख्दै राहदानीका लागि आवेदन दिइसकेका सेवाग्राहीलाई धैर्य गरी सेवा लिन विभागले अनुरोध गरेको छ।

    विभागका अनुसार राहदानी आवेदन संकलन प्रक्रिया भने पूर्ववत् रूपमा सुचारु रहनेछ। उल्लेखित समस्या समाधान भएपछि राहदानी वितरण सेवा समेत नियमित हुने विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend