२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रसुवा बाढीमा बेपत्ताको जीवित उद्धारको सम्भावना कम, खाेजि जारी


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 726
    SHARES

  • images
    रसुवा बाढीमा बेपत्ताको जीवित उद्धारको सम्भावना कम, खाेजि जारी

    काठमाडौं : गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्ने सम्भावना कम हुँदै गएको बताएका छन्। कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले खोज तथा उद्धार कार्य भने सम्भावना रहेसम्म निरन्तर जारी राखिने बताए। विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा रहेका हुनसक्ने व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए। कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव र विषम परिस्थितिका कारण समय लागेको उनको भनाइ छ।

    अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था अत्यन्त कठिन रहेको बताएका सचिव शर्माले जानकारी दिए। ‘अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ। यसपछि विस्तारै राहतमा जान्छौँ। त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको काम हुन्छ,’ उनले भने, ‘खोज र उद्धारमा अब जीवितै पाइने सम्भावना अलि कम छ। यद्यपि अन्तर्राष्ट्रिय अभ्यासमा २१ दिनपछि पनि जीवितै भेटिएका उदाहरण छन्।’

    उनका अनुसार सबै सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। प्रविधिको अभाव, विषम परिस्थिति र कठिन भौगोलिक अवस्थाका कारण उद्धारमा ढिलाइ भएको उनले बताए। ‘कतिपय ठाउँमा हामीसँग आवश्यक प्रविधि भएन, परिस्थिति पनि विषम थियो। विशेषगरी अन्य देशबाट आएका खोज तथा उद्धार विज्ञहरूले समेत भूगोल हेरेपछि साँच्चै गाह्रो रहेछ भन्नुभएको छ,’ उनले भने।

    सचिव शर्माले बाढी प्रभावित क्षेत्रमा महिला तथा बालबालिकाको संरक्षणका लागि स्थानीय तहसँग समन्वय भइरहेको पनि जानकारी दिए। बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिलाई होल्डिङ सेन्टरमा परिचालन गरिएको उनले बताए। उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको उनको भनाइ छ।

    स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थाहरूले समेत केही होल्डिङ सेन्टरमा रहेका बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेका छन्। हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर समस्या नदेखिएको सचिव शर्माले बताए। खोज तथा उद्धारपछि क्रमशः राहत, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाउने सरकारको तयारी रहेको उनले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend